डोजर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
सोमबार, ०४ साउन २०७८, १२ : १८
![डोजर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते](https://rpcdn.ratopati.com/media/albums/death-mrityu-dead-body_ptLp67BAc9_WNSXB7SYg7.jpg)
अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टै सत्ता निर्माण गर्ने निर्णयबाट किन पछि हटे महतो ?
-
बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
-
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
-
प्रचण्डसँग १६ महिना अघिको धोकाको बदला लिए ओलीले
-
एमालेसँग विद्रोह गरेका माधव नेपाल दुईपटक समाजवादीका अध्यक्ष
-
ट्रम्पको टिप्पणीलाई ‘गम्भीरतापूर्वक’ लिन्छु : पुटिन