शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीबाट भन्सार छलीको सामान बारामद

सोमबार, ०४ साउन २०७८, १२ : १४
सोमबार, ०४ साउन २०७८

महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारबाट सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । 

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ५० हजार रुपैयाँ रहेको छ । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले साउन ३ मा १ लाख ८० हजार मुल्य पर्ने भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप