शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खैरो हेरोइन सहित ३ जना पक्राउ

सोमबार, ०४ साउन २०७८, १२ : ०२
सोमबार, ०४ साउन २०७८

पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बर्वाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका घर भएका अमेरिका सहनी, बलिष्टर सहनी र राम आदेश सहनी छन् ।

गएराती पक्राउ परेका उनिहरुको साथबाट ७९ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आरोपीहरुले ना.१ ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलको फिल्टर बक्समा लुकाएर खैरो हेरोइन ल्याएका थिए । पल्सर मोटरसाइकलमा ५५ वर्षीय अमेरिका सहनी र ५२ वर्षीय राम आदेश सहनी सवार थिए ।

सँगै आएका ना.६२ प १९४२ नम्बरको सिबिजेड मोटरसाइकलमा सवार ४० वर्षीय बलिष्टर सहनीलाई पनि पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खैरो हेरोइन कारोबार गर्नेहरुमाथी ईलाका प्रहरी कार्यालय पोखरीयाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप