शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनन्तको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक

सोमबार, ०४ साउन २०७८, ११ : ५५
सोमबार, ०४ साउन २०७८

अनन्तप्रसाद तिमिल्सिनाको निर्देशन रहेको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक भएको छ । पानस मिडियाको निर्माण रहेको फिल्ममा निर्देशक तिमिल्सिना सहित महेश खड्का र समिया कार्कीको मुख्य भूमिका छ ।

१८ मिनेटको सर्ट फिल्मले विशेषगरी दाजुभाईबीचको आत्मिक सम्बन्ध र बेरोजगारीको पिडा दर्साउन खोजेको छ ।
परिवारमा आपसी सद्भाव र सम्मान नहुँदा सिंगो परिवार कस्तो अवस्थामा पुग्छ भन्ने विषय फिल्म मार्फत देखाउन खोजेको निर्देशक तिमिल्सिनाले बताए ।

तारा थापा किम्भेको सम्पादन रहेको फिल्म अनन्त तिमिल्सिनाले नै लेखेका हुन् । फिल्ममा लगानी खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप