शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

टोट्टेनह्यामका प्रशिक्षकले भने, ‘ग्यारेथ बेल फर्कने छैनन्’

सोमबार, ०४ साउन २०७८, १० : ०८
सोमबार, ०४ साउन २०७८

ग्यारेथ बेलले गत सिजन ऋणमा टोट्टेनह्यामबाट खेलेका थिए । तर, यस सिजन उनले रियल म्याड्रिडबाटै खेल्नसक्छन् । 
टोट्टेनह्यामका प्रशिक्षक नुनो इस्पिरितो सान्तोषले २०२१–२२ को सिजन बेल आफ्नो क्लबमा नफर्कने पुष्टि गरेका छन् । गत सिजन बेलले टोट्टेनह्यामबाट खेलेका थिए । उनले सेफिल्ड युनाइटेडविरुद्धको खेलमा ह्याट्रिक पनि गरेका थिए । यसक्रममा उनले प्रिमियर लिगमा २० खेल खेलेर ११ गोल गरे ।

सन् २०१३ मा विश्व किर्तिमानी मुल्यमा रियल म्याड्रिडमा आबद्ध हुनअघि बेलले टोट्टेनह्यामबाट ६ वर्षसम्म खेलेका थिए । उनी गत वर्ष फेरि ऋणमा टोट्टेनह्याम फर्किए । 

रियलसँग बेलको अझै एक वर्षको सम्झौता बाँकी छ । युरो २०२० का कारण अहिले छुट्टीमा रहेका बेलले यसै महिनाको अन्त्यमा कार्लो एन्सिलोट्टीको प्रशिक्षणमा अभ्यास गर्नेछन् । स्पेनिस मिडियाहरुका अनुसार एन्सिलोट्टीले यी खेलाडीलाई टिममा राख्ने योजना बनाएका छन् । 

बेल टोट्टनेह्यामबाट रियल म्याड्रिड आउँदा एन्सिलोट्टी नै रियलको प्रशिक्षक थिए, उनको प्रशिक्षणमा बेलले उत्कृष्ट प्रदर्शन गर्दा त्यही सिजन रियलले च्याम्पियन्स लिग जितेको थियो । त्यसयता, रियलले थप तीनपटक च्याम्पियन्स लिग जितिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप