शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले बदल्यो ओलम्पिकको नियम, विजेताले आफैं राख्नुपर्नेछ गलामा मेडल

सोमबार, ०४ साउन २०७८, १० : ०५
सोमबार, ०४ साउन २०७८

ओलम्पिकमा भाग लिने हरेक खेलाडी सपना मेडल जित्नु हुन्छ । जीत हासिल गरेपछि ती खेलाडीलाई पोडियममा राखेर मेडल लगाइदिने गरिन्छ । 
यो उनीहरुको जीवनकै सबैभन्दा स्मरणीय क्षण पनि मानिन्छ । तर टोकियो ओलम्पिकमा यस्तो हुनेछैन । यसपटक विजेता खेलाडीले आफैं आफ्नो गलामा मेडल झुन्ड्याउनेछन् । पदक वितरण समारोहमा खेलाडीलाई हात मिलाउन र गला लगाउन पनि पाइनेछैन । 

कोरोना महामारीका कारण टोकियोमा संकटकाल लागु छ । ओलम्पिक रंगशालामा दर्शक छिर्न पाउने छैनन् । यसअघि हरेक रंगशालामा ५० प्रतिशत वा अधिकतम १० हजार दर्शकलाई प्रवेश दिन सकिने बताइएको थियो, तर कोरोना संक्रमण बढ्दै गएपछि दर्शकको प्रवेशमा पूर्णतः प्रतिबन्ध लगाइएको छ ।  

उत्साहित छैनन जापानिज 
जापान र विशेषगरी टोकियोवासीहरु कोरोनाकालमा आयोजित ओलम्पिकलाई लिएर उत्साहित छैनन् । विभिन्न शोधको नतिजाअनुसार ६० देखि ७० प्रतिशत मानिसहरुले अहिले ओलम्पिक स्थगित गर्नु नै राम्रो हुने सुझाव दिएका थिए । मार्चमा ओलम्पिक टर्च रिले सुरु भएको थियो, धेरै शहरहरुमा यसलाई लिएर विरोध पनि भयो । यद्यपी, यस्तो विरोधका बाबजुद जापान सरकारले ओलम्पिक आयोजना गरेरै छाड्ने निर्णय गरिसकेको छ । 

अहिले टोकियोमा संकटकाल लागु भएको छ । २२ अगस्तसम्म संकटकाल लागु हुनेछ । यसक्रममा होटल, रेस्टुरेन्ट, सिनेमा हल राती ८ बजेसम्म बन्द गर्न आदेश दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप