कास्कीमा निषेधाज्ञा : लामो दूरीका गाडी सीमित संख्यामा चल्ने
कास्कीमा लकडाउन साउन २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २० गते राति १२ बजेसम्म थप गरेको हो ।
अहिले जारी गरिएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्दै निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दूरीका सवारी साधनहरु सञ्चालन गर्न पाइने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
व्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सीट क्षमता बन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसैगरी मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरू स्वास्थ्य मापदण्ड पूरा गरि सञ्चालन गरिने समेत उनले बताए । प्रजिअ गौतमका अनुसार निषेधाज्ञा कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याक्सीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर सञ्चालन हुन पाउने छन् ।
यस्तै विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालयहरूले पूर्व निर्धारित परीक्षाहरु नेपाल सरकारले साउन ३ गते गरेको निर्णय अनुसार परीक्षा सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सक्ने भएका छन् ।
यस्तै होटल तथा रेस्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने छन् । होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रबन्ध गर्न सक्नेछन् । तर, एका घरका परिवार बाहेक १ कोठामा १ जनाभन्दा बढी व्यक्ति राख्न पाइने छैन ।
पूर्व निर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ भन बढी व्यक्ति सहभागिता आधारमा सम्पन्न गर्न सकिने भएको छ । तोकिएका पसलहरु बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।
प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, होटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायत सेवा एवम् स्थल खोल्न निषेध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती