शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा ५.०, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०३ साउन २०७८, २२ : ५२
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि प्रफुल्ल देखिएका छन् । विश्वासको मत प्राप्त गरेर सङ्घीय संसद् भवनबाट देउवा मुस्कुराउँदै बाहिरिएका थिए ।

तीन वर्षअघि ६३ सांसदका साथमा कमजोर प्रतिपक्षीका रूपमा संसद्को विपक्षी बेन्चमा पुगेका देउवाले आज १६५ जना सांसदको मत प्राप्त गरेका छन् । जसमा एमालेका २२ जना र जसपाका ३२ जना, माओवादी केन्द्रका ४८ जना, काँग्रेसका ६१ जना, जनमोर्चाको एक स्वतन्त्र गरी १६५ मत प्राप्त गरेका छन् । नेपालको ४३ औँ प्रधानमन्त्री बनेका देउवाको यो पाँचौँ कार्यकाल हो । उनी यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन् ।​​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप