आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले देउवालाई विश्वासको मत नदिने

आइतबार, ०३ साउन २०७८, २० : ४०
आइतबार, ०३ साउन २०७८

राप्रपाका एक्ला सांसदले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । सो पार्टीका स्वतन्त्र हैसियतका सांसद राजेन्द्र लिंदेनले पार्टीले देउवालाई विश्वासको मत नदिने र स्वतन्त्र बस्ने प्रतिनिधिसभामा जानकारी गराए । 

उनले केहीछिनमै प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना भने दिए । 

उनले राम्रो काम गरेर जनताको मनमा बस्न आग्रह गर्दै नराम्रो काम चाहिँ गर्दै नगर्न सचेत गराए । उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप