माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।
उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिए ।
रावलको राजीनामापछि नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । यस क्रममा स्थायी कमिटीका नेता योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पार्टी एकता बचाउनका लागि तटस्थ बस्ने निर्णय गरे । अन्ततः भुसालले पनि आफ्नो टिम नछोड्ने भन्दै तटस्थ बस्ने निर्णय सुनाएको एक नेताले बताए ।
पदाधिकारीसहित स्थायी कमिटीका चार नेता तटस्थ बस्ने भएपछि माधव नेपाल समूहका २३ सांसदमध्ये अरू पनि केहीले तटस्थ बस्ने नीति लिने भएको बुझिएको छ । नेपाल निकट स्रोतका अनुसार आधा दर्जन बढी सांसद तटस्थ बस्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउनलाई हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
-
कांग्रेसको महाधिवेशन पार्टीको विधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुन्छ : नेता सिंह
-
सबैलाई मिलाएर कांग्रेस महाधिवेशन हुन्छ : नेता सिंह