ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग खेल्ने काम नगर्नुस्
आइतबार, ०३ साउन २०७८, १९ : ५०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् ।
आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् ।
केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् । उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा