ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छिटो यस्तो दुर्दशा थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले भने, ‘यति छिटो यस्तो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला । भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’
दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता (प्रदीप ज्ञवाली) ले अनुभव सुनाउनु भयो। तर यस्तो अनुभव त हामीसँग थिएन । दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम त पहिलो पटक भएको हो,’ प्रचण्डले भने । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा राष्ट्रपति र प्रधानमन्त्रीले लोकतान्त्रिक संस्कार नदेखाएको बताए ।
‘ राष्ट्रपतिको सपथ ग्रहणमा रोकिएको थियो । आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री साट बाइ साटमा हुन्थ्यो । कुर्सी साटिन्थ्यो’, उनले भने, ‘तर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा त्यो देखिएन । नैतिका र लोकतन्त्रसँग जोडिएको प्रश्न हो । ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ।’ प्रचण्डले आजको प्रतिनिधिसभामा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन नगरेकोमा पनि विमति जनाए । उनले भने, ‘यो सदनले केपी ओलीको मुखबाट सुन्न चाहेको थियो । तर त्यो भएन । उहाँ बोल्ने भनिएको थियो । त्यो भएन । यसबाट असहज महसुस भएको छ ।’ अब केपी ओलीले जालझेल र झुटा नचल्ने प्रचण्डले ठोकुवा गरे । उनले भने, ‘भन्ने एउटा गर्ने अर्को । उहाँको जालझेल र झुटा कुरा चल्दैन हामी जिउँदै छौँ । भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्न भन्ने भन्ने उहाँको स्वलोक भ्रष्टाचारीको संरक्षण गर्न रहेको छ । हामीले बुझेका छौँ ।’ यस्तै उनले पार्टीभित्र काम गर्न नदिए संसद् विघटन पर्न पाइन्छ ? भन्दै प्रश्न उठाए । ‘पटक पटक सदनको हत्या गर्नेले ६७ (५) ले लोकतन्त्र जान्छ भनेर कसैले पत्याउँछ । प्रतिनिधिसभाका सदस्यको सार्वभौम अधिकार प्रयोग गर्दा के चिन्ता ?,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी