कर्णाली प्रदेशका हिमाली जिल्लामा कोरोना वृद्धि
![कर्णाली प्रदेशका हिमाली जिल्लामा कोरोना वृद्धि](https://rpcdn.ratopati.com/media/albums/corona-fr_yMD9IAO2Cn.jpg)
पछिल्लो समय कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्यामा वृद्धि भएको छ । दोस्रो चरणको दुई महिनासम्म न्युन मात्रामा संक्रमित भेटिने हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुमा कोरोनामा बिरामीहरु बढेका हुन् । यस्तै रुकुम पश्चिममा पनि दैनिक संक्रमितको संख्या बढेको पाइएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दोस्रो चरणको पहिलो चरणका सबैभन्दा बढी सुर्खेत, दैलेख, सल्यान लगायतका जिल्लाहरुमा कोरोनाका बिरामीहरु बढेका थिए । तर, वैशाख १४ गतेपछि निषेधाज्ञा गरिएसँगै अहिले यी जिल्लाहरुमा कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको छ ।
कोरोनाको हटस्पट रहेको सुर्खेतमा आइतबार कुनै व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छैन् । आइतबार प्रदेशभर २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २२ जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणका क्रममा २७ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा रुकुम पश्चिममा सबैभन्दा बढी १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सल्यान र मुगुमा ५÷५ र कालिकोटमा ३, हुम्लामा ४ जनामा कोरोना देखिएको छ । कोरोनाबाट प्रभावितमध्ये दोस्रो स्थानमा रहेको दैलेख, जाजरकोट लगायतका जिल्लामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएको छ ।
प्रदेशमा आइतबार ६५ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर जितेर डिस्चार्ज भएका छन् । यो सँगै कर्णालीमा कोरोनालाई जित्नेहरूको संख्या २७ हजार २९५ जना रहेको छ । अब प्रदेशमा सक्रिय संक्रमितको संख्या ७०२ मा झरेको छ । प्रदेशमा आइतबार आरटी–पीसिआर विधिबाट परीक्षण र संक्रमित शून्य छ । यस्तै २ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी