गण्डकीमा थप ३३८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २ हजार ७५१

गण्डकी प्रदेशमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ जनाको नमुना परीक्षण गरिएकामा ३३८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १७७ महिला र १६७ जना पुरुष रहेका छन् ।
प्रदेशका ११ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १६२, बागलुङ २५, स्याङ्जा ५३, मुस्ताङ १, म्यादी १३, पर्वत १९, गोरखा ३०, लमजुङ ३, तनहुँमा १५ र नवलपुरमा १७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार ५०६ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१२का ४७ वर्षीय पुरुष, गोरखा अजिरकोट –३ की ४६ वर्षीय महिला, तनहुँ शुक्लागण्डकी–१२ की ५० बर्षीय महिला, नवलपरासी पूर्व गौडाकोट–१२ का ५२ वर्षीय पुरुष र नवलपरासी कोवासोती–३ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ७३० पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ७५१ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’