बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रन लिदाँलिँदै ब्याट्सम्यान ढलेपछि विपक्षी कप्तानले भने– रनआउट नगर

आइतबार, ०३ साउन २०७८, १७ : ४२
आइतबार, ०३ साउन २०७८

इङल्यान्डमा जारी घरेलु टी–२० लिगमा योर्कशायर र लंकाशायरबीचको खेलमा योर्कशोयरका कप्तान जो रुटले ठूलो हृदय देखाएका छन् । अहिले सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ । रन लिने प्रयासमा रहेका लंकाशायरका ब्याटस्म्यान स्टिफेन क्राफ्ट मैदानमै घाइते भएर ढले । खेल जित्नका लागि उनलाई आउट गर्नुपर्ने बाध्यता योर्कशायरसामु थियो । तर, कप्तान रुटले उनलाई आउट नगर्न आफ्ना खेलाडीहरुलाई निर्देशन दिए । यसको मुल्य योर्कशायरले खेल हारेर चुकाउनुपर्याे । तर, रुटले क्रिकेट प्रशंसकहरुको मन जिते । 

१५ बलमा १८ रन जरुरी 

लंकाशायरका ब्याट्सम्यान लुक वेल्सले सट हाने । नन स्ट्राइकर स्टिफेन क्राफ्टर रन लिनका लागि दौडने क्रममा घाइते भएका थिए । फिल्डरले विकेटकिपर ह्यारी ड्युकलाई बल दिइसकेका थिए । तर, कप्तानको फैसलापछि उनले रनआउट गरेनन् । 

यस समय लंकाशायरलाई जीतका लागि १५ बलमा १८ रन जरुरी थियो । बल डेड भएपछि अम्पायरल खेल रोके, अनि फिजियोथेरापिस्टले क्राफ्टको प्राथमिक उपचार गरे । रोचक, कुरा यसपछि क्राफ्टले नै उत्कृष्ट ब्याटिङ गरेर लंकाशायरलाई खेल जिताए । 

४ विकेटले पराजित 

यस खेलमा योर्कशायर ४ विकेटले पराजित भयो । लंकाशायरले १ सय २८ रनको चुनौती अन्तिम १ ओभर बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो । क्राफ्टले २९ बलमा अविजित २६ रन बनाए भने वेल्सले ३७ बलमा ३० रन बनाए । यससँगै लंकाशायर टिम लिगको शीर्ष आठमा पुग्यो । अब क्वाटरफाइनल खेल २४ जुलाईदेखि सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप