आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साढे दुई महिनामा ५ सय ७८ युनिट निसान म्याग्नाइट बिक्री

आइतबार, ०३ साउन २०७८, १७ : ३५
आइतबार, ०३ साउन २०७८

नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ । निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सार्वजनिक अबधिको अधिकतम ७४ दिनमा उक्त परिणामको म्याग्नाइट कार बेच्न सफल भएको हो । 

हालसम्म ५ सय ७८ युनिट म्याग्नाइट विक्री वितरण गर्न सफल भएकोमा सो भन्दा बढि अधिकतम १ हजार युनिटका लागि थप बूकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । यसले बिग, बोल्ड र  ब्यूटिफुल एसयूभी म्याग्नाइट नेपाली बजार अत्यधिक रुचाएको र कम्पनीको उत्साह थप बढेको बताएको छ । 

कम्पनीले गत फेब्रुअरी २२, २०२१ मा पहिलो पटक बजारमा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप