सभामुखले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई दिए बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् ।
उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उनले धन्यवादसमेत दिए ।
यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार प्रकट गरे । ‘संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ।
प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएको उनले स्मरणसमेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण