आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगलागीमा परी चार वर्षीय बालिकाको मृत्यु

आइतबार, ०३ साउन २०७८, १६ : ५०
आइतबार, ०३ साउन २०७८

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर ज्यान गएको छ । आईतबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ६ का स्थानिय भक्तिशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार बर्षिय छोरी धन कुमारी खड्काको जलेर ज्यान गएको हो । बालिकासँगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

बालिकाले गाईगोठभित्र लाईटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धानका लागी मानेभन्ज्याङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको प्रहरी प्रमुख काफ्लेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप