बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिएको घाेषणा (भिडियो)

किन दिए रावलले राजीनामा ? यस्तो छ कारण

आइतबार, ०३ साउन २०७८, १६ : १७
आइतबार, ०३ साउन २०७८

नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका छन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

किन दिए रावलले राजीनामा ? यस्तो छ कारण 

एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले राजनीतिक दलका शीर्षनेतामा स्वेच्छाचारिता बढेको भन्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले आइतबार संसद भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन् । त्यसक्रममा उनले आफ्नो राजनीमा पत्र पढेर सुनाएका थिए ।

पत्र पढ्दै उनले राजनीतिक दलका शीर्ष नेताहरुमा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका छन् ।

रावलको राजीनामाको व्यहोरा यस्तो छ-

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरवार काठमाडौं ।

विषय राजीनामा

महोदय, झण्डै आधा शताव्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह-अवरोह तथा घात-प्रतिघात व्यहोरेको छु । र, तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका  लागि गरेको थिएँ । तर, राजनीतिक नेतृत्वको त्यस विपरीतका काम हुँदै देश र जनतालाई अनेकांै पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

फलस्वरुप आज नेपाल र नेपालीहरुको शीर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक बृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्दतिलाई आफ्नो उचित एवं निहीत स्वार्थक लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुुनैपनि सच्चा, देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ ।

यस्ता विकृत तथा देश र जनताका हित विपरीतका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापना र प्रधानमन्त्रीले विस्वाको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा नीजि स्वार्थ अहं, प्रतिशोधी चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

भीमबहादुर रावल सदस्य प्रतिनिधि सभा

अछाम निर्वाचन क्षेत्र नम्बर १

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ । माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासको मत लिँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप