शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक एकैदिन ९७.२१ अंकले बढ्यो

आइतबार, ०३ साउन २०७८, १५ : ५६
आइतबार, ०३ साउन २०७८

लामो समयसम्मको निराश सेयर बजारको मौनता तोड्दै आइतबार सेयर बजार परिसूचक नेप्सेले छलाङ मारेको छ । नेपाल स्ट्क एक्सचेन्जका अनुसार आज आइतबार नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेको हो । 

केही समयअघि ३ हजार माथि पुगेर ओरालो यात्रामा रहेको नेप्सेले पुनः आफ्नो उकालो यात्रा तय गरेको हो ।  नेप्सेका अनुसार आज साताको पहिलो कारोबारका दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ । 

यसदिन सबै समूहहरु धनात्मक (पोजेटिभ) भएर बजारमा हरियाली छाएको छ ।  आज कुल २२१ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख १६ हजार २९४ पटक किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । 

गत हप्ताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलव ३८ बिन्दुमा पुगेको बजार बन्द भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप