भारतले नेपाललाई दियो १५० आइसीयू बेड
![भारतले नेपाललाई दियो १५० आइसीयू बेड](https://rpcdn.ratopati.com/media/albums/swastha-health-ministry-kri_ORoWLq6hPj.jpg)
भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५० आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गरेका हुन् ।
आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गरे । भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्रै नभएर जनता–जनता बीचमा समेत निकट सम्वन्ध रहेको उनले बताए । कोरोनाभाइरस (कोभिड १९) सँग जुध्नका लागि भारतसँग अझै सहयोगको अपेक्षा गरेको उनले बताए ।
यस्तै आइसीयू हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले (कोभिड—१९) विरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा १० लाख कोभिशिल्ड खोप भारतले नेपाललाई कहिले उपलब्ध गराउँछ भन्ने पत्रकारको प्रश्नमा भने क्वात्राले स्पष्ट जवाफ दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीतिक गरेको सांसद बस्नेतको आरोप
-
लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने
-
निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न
-
कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने
-
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न सूचित गर्ने शिक्षा मन्त्रालयको निर्णय
-
यी फलफूल र तरकारी मधुमेह रोगीका लागि फाइदाजनक हुन सक्छन्