शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तिम्रो मन बदलिएछ’ मा बलेको प्रिन्सी र प्रिज्मासँग रोमान्स

आइतबार, ०३ साउन २०७८, १५ : १०
आइतबार, ०३ साउन २०७८

गायक यशकुमार र गायिका सपनाश्रीले २० वर्षअघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ भर्सनमा आएको छ । गीतमा यशसले गायिका मिलन नेवारसँगको सहकार्यमा नयाँ भर्सनमा ल्याएका हुन् ।

यशकै शब्द र संगीत रहेको गीतको एरेन्ज देवेश राईले गरेका छन् । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय देख्न सकिन्छ । 
अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापा र उनको समूहको छायाँंकन, विकास धमलाको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप