स्थायी समितिको बैठकको निष्कर्ष : एमाले फुटाउने उद्देश्यले आजै विश्वासको मत लिने निर्णय गरियो (भिडियो)

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ । पार्टीको आइतबार बसेको स्थायी कमिटीको बैठकले षडयन्त्रपूर्वक ढङ्गले आज विश्वासको मत लिन लागिएको निष्कर्ष निकालेको हो । स्थायी कमिटीको बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’
प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको पनि जानकारी दिए । ‘माधव नेपालले अरू कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनुभयो । सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । वहाँ अब एमालेमा रहनुहुन्न ।’
‘कार्यदलमा रहनुभएका नेपाल पक्षकै सदस्यहरूले पार्टीको संस्थागत निर्णय गरेर अघि बढ्ने कुरा राख्नु भएको थियो,’ ज्ञवालीले भने, ‘तर माधव नेपालले विश्वासको मतको विपक्षमा जान नसकिने बताउनुभयो ।’ उनले पार्टी एकता जटिल मोडमा पुगेको पनि जिकिर गर्दै पार्टीलाई एकीकृत गरेर जाने सन्दर्भमा सङ्कट पैदा भएको पनि बताए ।
आज प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई पनि पार्टीमा नराख्ने निष्कर्ष निकालिएको पनि ज्ञवालीले बताए । उनका अनुसार विश्वासको मत लिने प्रक्रिया सकिएपछि अनौपचारिक छलफल गरेर विश्वासको मत दिने सांसदहरूको बारेमा निष्कर्ष निकाल्ने र भोलि केन्द्रीय कमिटीको बैठक बसेर त्यसबारे निर्णय लिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत