मुस्ताङको ठिनीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते
![मुस्ताङको ठिनीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते](https://rpcdn.ratopati.com/media/albums/accident_logo_7sWbIbmUWw.jpg)
–तारानाथ आचार्य
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो ।
ट्रकमा सातजना सवार रहेका बताइएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिए ।
नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उनले बताए । चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उनीहरु मजदूरीका लागि मुस्ताङ पुगेका थिए ।
त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा छन् । उनीहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।
घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिए । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर
-
झलनाथ खनालले भने– एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो
-
‘सरकार ढल्ने अवस्था कसरी भो ?’ प्रश्नको उत्तर दिँदैमा मन्त्रीहरू हैरान
-
सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते
-
एक इन्जिनियर र दुई जना सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
मुख्यमन्त्री काठमाडौँबाट फर्किएपछि राजीनामा बुझाउने तयारीमा एमालेका मन्त्रीहरु