विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार बढी डोज खोप लगाइयो
विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा