रौतहटमा भारतीय नम्बरको २९ मोटरसाइकल र एउटा कार नियन्त्रणमा

भन्सार छलेर निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू रौतहट ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । चन्द्रपुर आसपास बाट २९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताएका छन् ।
निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रण लिएर पहिलो पटक कडा चेतावनी सहित जरिवाना असुल गरेर शनिवार साँझ छोडिएको इन्स्पेक्टर जानकारी दिएका छन् । पछिल्लो दुई दिनभित्र उक्त मोटरसाइकल र कार ट्राफिकले नियन्त्रणमा लिएको थियो । माझीका अनुसार सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरू नचलाउन स्थानीय रेडियोहरूबाट सूचना प्रशारण गरेर, माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दिएको थियौँ। साउन १ गतेदेखि चेकिङ गरेर नियन्त्रणमा लिन सुरु गरेको हो।
नियमविपरीत चलेका भारतीय नम्बर प्लेटका सवारी साधनहरूलाई जिल्लाभर अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेर नियन्त्रणमा लिइने माझीले जानकारी दिएका छन् । नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधनहरू वर्षमा बढीमा ३० दिन चलाउन पाइन्छ । तर रौतहटमा भने निर्बाध रूपमा त्यस्ता सवारीसाधनहरू चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरूबाट दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरू र सवारी धनीहरूलाई पक्राउ गर्ने कुनै आधार नभएको प्रहरीको भनाइ रहेको छ । उता जसपाका नेता रेवन्त झाले प्रदेश २ का जनता र भारतीय बीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नम्बरको गाडी सदियौँदेखि प्रयोग हुँदै आएकाले सरकारले वैकल्पिक बाटो निकाल्नु पर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत