मेसीले कोपा जितेको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड
आइतबार, ०३ साउन २०७८, १२ : ५७

एक साताअघि लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जितेका थिए । यी स्टारले अहिले अर्को कीर्तिमान बनाएका छन् । यसपटकको उनको कीर्तिमान फुटबल मैदानभित्रको होइन । मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधिसहित फोटो पोस्ट गरेका थिए, यो फोटो इन्स्टाग्रामको सर्वाधिक रुचाइएको खेलकुद फोटो बनेको छ । यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटो रोनाल्डोले पोस्ट गरेका थिए । मेसीले गरेको पोस्टमा समाचार तयार गर्दासम्म २ करोड ७५ हजारभन्दा धेरै लाइक आइसकेको छ ।
यसअघि रोनाल्डोले २५ नोभेम्बर २०२० मा डिएगो म्याराडोनाको निधनपछि र म्याराडोनाप्रति सम्मान प्रकट गर्दै फोटो पोस्ट गरेका थिए । कुनै मेसीले उछिन्नुअघि यो पोस्ट नै सर्वाधिक धेरै लाइक पाउने खेलकुद फोटो थियो । यसमा समाचार तयार गर्दासम्म १ करोड ९८ लाखभन्दा धेरै लाइक आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा