शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेसीले कोपा जितेको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड

आइतबार, ०३ साउन २०७८, १२ : ५७
आइतबार, ०३ साउन २०७८

एक साताअघि लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जितेका थिए । यी स्टारले अहिले अर्को कीर्तिमान बनाएका छन् ।  यसपटकको उनको कीर्तिमान फुटबल मैदानभित्रको होइन । मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधिसहित फोटो पोस्ट गरेका थिए, यो फोटो इन्स्टाग्रामको सर्वाधिक रुचाइएको खेलकुद फोटो बनेको छ । यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटो रोनाल्डोले पोस्ट गरेका थिए । मेसीले गरेको पोस्टमा समाचार तयार गर्दासम्म २ करोड ७५ हजारभन्दा धेरै  लाइक आइसकेको छ । 

यसअघि रोनाल्डोले २५ नोभेम्बर २०२० मा डिएगो म्याराडोनाको निधनपछि र म्याराडोनाप्रति सम्मान प्रकट गर्दै फोटो पोस्ट गरेका थिए । कुनै मेसीले उछिन्नुअघि यो पोस्ट नै सर्वाधिक धेरै लाइक पाउने खेलकुद फोटो थियो । यसमा समाचार तयार गर्दासम्म १ करोड ९८ लाखभन्दा धेरै लाइक आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप