बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

आइतबार, ०३ साउन २०७८, १२ : ५०
आइतबार, ०३ साउन २०७८

 

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । दलको बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन् ।

गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप