भारतमा तेस्रो लहरको आशंकाबीच फेरि बढ्यो संक्रमण
आइतबार, ०३ साउन २०७८, १२ : ३३

भारतमा कोरोनाको दोस्रो लहरको रफ्तार कम भएको छ । तर, तेस्रो लहर आउने आशंका छ । यसबीच संक्रमितको दैनिक आँकडामा पनि उतार–चढाव देखिएको छ । केरला र महाराष्ट्रसहित कैंयन राज्यमा फेरि एकपटक कोरोना भाइरसको कहर सुरु भएको छ ।
भारतमा पछिल्ला २४ घण्टामा ४१ हजार १ सय ५७ जनामा संक्रमण देखियो र ५ सय १८ जनाले संक्रमणका कारण ज्यान गुमाए । जबकी, एक दिन पहिले अर्थात् शनिबार ३८ हजार १ सय १२ जना नयाँ संक्रमित भेटिएका थिए र ५ सय ६० जनाको संक्रमणकै कारण ज्यान गएको थियो ।
भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ४२ हजार ४ जना निको भएका छन् । त्यसैगरी उपचाररत बिरामीको संख्या घटेर ४ लाख २२ हजार ६ सय ६० मा झरेको छ, जो कुल संक्रमणको १ सय ३६ प्रतिशत हो । कोभिड १९ बाट निको हुनेको दर ९७ दशमलव ३१ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !
-
नासिए मौलिक सम्पदा
-
धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)
-
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ : मन्त्री अधिकारी