शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा तेस्रो लहरको आशंकाबीच फेरि बढ्यो संक्रमण

आइतबार, ०३ साउन २०७८, १२ : ३३
आइतबार, ०३ साउन २०७८

भारतमा कोरोनाको दोस्रो लहरको रफ्तार कम भएको छ । तर, तेस्रो लहर आउने आशंका छ । यसबीच संक्रमितको दैनिक आँकडामा पनि उतार–चढाव देखिएको छ ।  केरला र महाराष्ट्रसहित कैंयन राज्यमा फेरि एकपटक कोरोना भाइरसको कहर सुरु भएको छ ।

भारतमा पछिल्ला २४ घण्टामा ४१ हजार १ सय ५७ जनामा संक्रमण देखियो र ५ सय १८ जनाले संक्रमणका कारण ज्यान गुमाए । जबकी, एक दिन पहिले अर्थात् शनिबार ३८ हजार १ सय १२ जना नयाँ संक्रमित भेटिएका थिए र ५ सय ६० जनाको संक्रमणकै कारण ज्यान गएको थियो । 

भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ४२ हजार ४ जना निको भएका छन् । त्यसैगरी उपचाररत बिरामीको संख्या घटेर ४ लाख २२ हजार ६ सय ६० मा झरेको छ, जो कुल संक्रमणको १ सय ३६ प्रतिशत हो । कोभिड १९ बाट निको हुनेको दर ९७ दशमलव ३१ प्रतिशत पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप