महामारी नियन्त्रणमा असफल भएपछि बाइडेनले हामीलाई बलिको बोको बनाए : फेसबुक

अमेरिकी राष्ट्रपति जो बाइडेन र फेसबुकबीचको वाकयुद्ध रोकिएको छैन । फेसबुकका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एनबिसी न्युजका रिपोर्टर डायला बायर्सलाई शुक्रबार भनेका छन्,‘महामारी नियन्त्रणमा बाइडेन प्रशासन असफल भएपछि हामीलाई बलीको बोको बनाउने काम गरिएको छ ।’
यसअघि फेसबुकले भ्याक्सिन विरोधी पोस्टहरु नरोकेको भन्दै बाइडेनले रुस पोखेका थिए । ‘हाम्रोमा खोप लगाएका व्यक्तिमाझ मात्रै महामारी छ, र, तिनीहरु (सामाजिक सञ्जाल) ले मानिसलाई मारिरहेका छ,’ उनले भनेका थिए ।
त्यसअघि नै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कोभिड १९ खोपबारेका गलत सुचनाहरु रोक्ने विषयमा फेसबुक र ह्वाइटहाउसबीच निरन्तर सम्पर्क भइरहेको दाबी गरेकी थिइन् । यता, फेसबुकले मान्छे मार्ने नभएर मान्छेलाई बचाउने काम सामाजिक सञ्जालले गरेको दाबी गरेको थियो ।
‘तथ्यसंगत नरहेका आरोपहरुबाट हामी विचलित हुनेछैनौँ ,’ विज्ञप्तिमा भनिएको छ,‘खासमा २ अर्ब मानिसले कोभिड १९ र खोपबारेको विश्वासिलो जानकारी फेसबुकमार्फत लिएका छन् । इन्टरनेटका अन्य कुनै स्थानको दाँजोमा यो धेरै हो । ३३ लाखभन्दा धेरै अमेरिकीहरुले कहाँ र कसरी खोप लगाइन्छ भनेर पत्ता लगाउनका लागि आफ्नो ‘भ्याक्सिन फाइन्डर टुल’ प्रयोग गरेका छन् ।
यो तथ्यले देखाउँछ कि फेसबुकले जीवन र समय बचाउन सहयोग गरिरहेको छ ,’ शुक्रबार फेसबुकले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड