शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेल्टा भेरिएन्टविरुद्ध फाइजरको खोप कम प्रभावकारी रहेको इजरायली अधिकारीको चेतावनी

आइतबार, ०३ साउन २०७८, ११ : ३८
आइतबार, ०३ साउन २०७८

इजरायली अधिकारीहरूले फाइजर खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको चेतावनी दिइरहेका छन् । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्टसँग अहिले अमेरिकामा पनि फैलिएको छ । अमेरिकामा अहिले भेटिएका कुल सङ्क्रमितमध्ये ३१ प्रतिशतमा डेल्टा भेरियन्टसँग देखिएको छ । 

‘हामीलाई खोपले कतिसम्म काम गर्छ भन्ने ठ्याक्कै थाहा छैन, तर यसको प्रभावकारिता कम देखिएको छ,’ इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले भने । यो खोपले इजरायलमा मानिसहरूलाई गम्भीर बिरामी हुनबाट जोगाइरहेको छ । इजरायलमा ६० प्रतिशतभन्दा धेरै जनसङ्ख्याले खोप लगाइसकेको छ । केवल १ दशमलव ६ प्रतिशत मानिस मात्रै गम्भीर अवस्थामा छन् । जबकि, खोप लगाउनुअघि ४ प्रतिशत बिरामी गम्भीर अवस्थामा थिए । 

बेटा भेरियन्टविरुद्ध पनि फाइजरको प्रभावकारितालाई लिएर प्रश्नहरू उठेको छ, यो भेरियन्टसँग पहिलोपटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो । बेलायतले फ्रान्सबाट आफ्नो देश फर्कनेहरूलाई खोप लगाएकै भए पनि १० दिन आइसोलेसनमा बस्न भनेको छ, किनकि त्यहाँ बेटा भेरियन्ट फैलिरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप