सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मुम्बईमा वर्षापछि पहिरो, १५ जनाको मृत्यु

आइतबार, ०३ साउन २०७८, ११ : २०
आइतबार, ०३ साउन २०७८

मुम्बईमा लगातार भइरहेको वर्षाका कारण शनिबार राति दुई ठाउँमा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ । १२ जनाको चेम्बुर इलाका तथा ३ जनाको बिक्रोलीमा ज्यान गएको हा । चेम्बूर घटना १६ जनालाई उद्धार गरिएको छ । यहाँ पाँचवटा भवन ढलेका छन् । एनडिआरफको टिमले भग्नावशेष हटाइरहेको छ । 

यो घटना मध्यराति १२ः३० मा भएको थियो, जतिबेला मानिसहरु घरमा सुतिरहेका थिए । एनडिआरएफ इन्स्पेक्टर राहुल रघुवंशका अनुसार चेम्बुरमा उनको टिमले भग्नावशेषबाट दुईवटा शव बरामद गरेको छ । 

उनी पुग्नुभन्दा पहिले नै स्थानीयले १० वटा शव निकालिसकेका थिए । कम्तिमा ७ जना मानिस भग्नावशेषमा फसेको आशंका छन् । एनडिआरएफका सहायक कमान्डेन्ट आशीष कुमारका अनुसार बिक्रोलीमा भग्नावशेषमा ५–६ जना मानिस फसेको आशंका गरिएको छ । 

मुम्बईमा बिहीबार रातिदेखि नै पानी परेको थियो । चेम्बूर कान्दिवली र बोरिवलीका पूर्वी इलाका डुबानमा परेका छन्  । मौसम विभागले थप वर्षा हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । आइतबार बिहानदेखि यहाँका धेरै इलाकाहरुमा वर्षा भइरहेको छ ।

अत्याधिक वर्षाका कारण मुम्बई र त्यस आसपासका क्षेत्रमा रेलको ट्रयाकमा पानी जमेको र रेलवे सेवा प्रभावित भएको पश्चिम रेलवेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप