आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कार आरोपी युवक विदेश जान खोज्दा विमानस्थलबाट पक्राउ

आइतबार, ०३ साउन २०७८, ११ : ०४
आइतबार, ०३ साउन २०७८

बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । कतारको दोहा उड्न लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महतोले २०७७ भदौमा सर्लाही घर भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

काठमाडौँमा पक्राउ परेका ललनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए । जिल्ला अदालत सर्लाहीबाट उनीविरुद्ध २०७७ भदौ १० मा पक्राउ पुर्जी जारी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप