संसद् सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।
यतिबेला कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा देउवाले सभामा विश्वासको मत लिने कार्यसूची थप गर्ने तयारी छ । देउवाले आजै विश्वासको मत लिने निश्चित भएको स्रोतको भनाइ छ ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएर उनले सरकारको सुरक्षा गर्न खोजेका छन् । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
-
गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
-
गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ
-
धरपकडबाट संवादतिर प्रधानमन्त्री : सिंहदरबारमा ‘आइस–ब्रेक’
-
पुनः प्रयोग गर्न मिल्ने चिनियाँ रकेट सफलतापूर्वक अवतरण
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण