शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?

आइतबार, ०३ साउन २०७८, १० : १३
आइतबार, ०३ साउन २०७८

नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छेदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । 

गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा बैठकमा सहभागी हुन नमिल्ने वरिष्ठ अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए । 

२०७६ माघ २२ गते गच्छदार विरुद्ध विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता भएको थियो । गत असार ३० गते विषेश अदालतमा उपस्थित भएका उनलाई १० लाख धरौटीमा छाडिएको  थियो । 

संविधानको धारा १ सय ३ को उपधारा ६ अनुसार कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उप धाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ भन्ने व्यवस्था गरिएको छ । 

साथै प्रतिनिधि सभा नियमावली २०७५ को दफा २ सय ४४ मा पनि कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधि सभामा कुनै काम कारवाही गर्न नसक्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप