आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्दै

आइतबार, ०३ साउन २०७८, ०९ : २३
आइतबार, ०३ साउन २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । आइतबार अपरान्ह पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको बैठक बस्दै छ । माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाएको छ ।

यस्तै नेपाली काँग्रेसको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्दै छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालको भनाइ छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप