कटुवा पेस्तोलसहित २ जना पक्राउ
सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विद्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको थियो ।
सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । आज पक्राउ परेकाको विषयमा हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ बाट आज लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी १९ वर्षीय नसरुद्दिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोप्य सूचनाका आधारमा गएको प्रहरीको टोलीले मियाले चलाई ल्याएको को १ ह ७८९७ नंको सिटी सफारीलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको थियो ।
मियाका साथबाट प्रहरीले १९ बोतल डाइलक्स डिसी, नाइट्रोजन १० लेखिएको २०० पत्ता ट्याबलेट बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी