क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउनेबारे वैद्य–विप्लवबीच छलफल
शनिबार, ०२ साउन २०७८, २२ : ४१
१
नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउनेबारे छलफल भएको छ ।
देउवा सरकार आएसँगै काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका विप्लवले शनिबार वैद्यसँग भेट गरेर क्रान्तिकारी ध्रुवीकरण र संयुक्त मोर्चा बनाउने बारे छलफल गरेका हुन् ।
‘नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन वैद्य किरणसँग भेटघाट, क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल’, विप्लवले वैद्यसँगको भेटवार्ताको विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
विप्लव तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर झण्डै साढे ३ महिनाअघि शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण