शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी ध्रुवीकरण र  संयुक्त मोर्चा बनाउनेबारे वैद्य–विप्लवबीच छलफल

शनिबार, ०२ साउन २०७८, २२ : ४१
शनिबार, ०२ साउन २०७८

नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच क्रान्तिकारी ध्रुवीकरण र  संयुक्त मोर्चा बनाउनेबारे छलफल भएको छ । 
देउवा सरकार आएसँगै काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका विप्लवले शनिबार वैद्यसँग भेट गरेर  क्रान्तिकारी ध्रुवीकरण र  संयुक्त मोर्चा बनाउने बारे छलफल गरेका हुन् । 

‘नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन वैद्य किरणसँग भेटघाट, क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल’, विप्लवले वैद्यसँगको भेटवार्ताको विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 
विप्लव तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर झण्डै साढे ३ महिनाअघि शान्तिपूर्ण राजनीतिमा आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप