शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

शनिबार, ०२ साउन २०७८, २० : १०
शनिबार, ०२ साउन २०७८

हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ ।  प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरूले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताए ।

“खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ”, सार्वजनिक एक रेडियोलाई दिएको अन्तवार्तामा उनले भने। दोस्रो खोप लगाएको कम्तीमा चार महिनापछि मात्रै तेस्रो खोप लगाउन दिइने सरकारले जनाएको छ । कुन व्यक्तिलाई तेस्रो मात्राको खोप लगाउन दिने वा नदिने भन्ने बारेमा उसको सवै स्वास्थ्य विवरण हेरेर चिकित्सकहरुले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

“कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो मात्रा लगाउनका लागि डराउनुपर्ने कुनै कारण छैन, कसैले लगाउन चाहन्छन् भने अवसर पनि दिनुपर्छ भन्ने मान्यताले तेस्रो खोपको व्यवस्था गर्न लागिएको हो,” प्रधानमन्त्री अर्बानले भने । आफ्ना नागरिकको सुरक्षाका लागि यसअघि अरु देशहरुले पनि तेस्रो खोप लगाउन सकिने व्यवस्था गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप