शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, २७ जनाले कोरोना जिते

शनिबार, ०२ साउन २०७८, १९ : १५
शनिबार, ०२ साउन २०७८

कर्णाली प्रदेशमा शनिबार २९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ५४ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणका क्रममा १९ जना र ९३ जनामा गरिएको एन्टिवजेन विधिको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार सबैभन्दा धेरै कालिकोटमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।  योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या २९ हजार ३६२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरबाट शनिबार २७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । 

यो सँगै सक्रिय संक्रमितको संख्या ७४७ मा झरेको छ । प्रदेशमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुने व्यक्ति सुर्खेतका हुन् । योसँगै कर्णालीमा कोरोनाबाट मुत्यु हुनेको संख्या ३४५ जना पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप