प्रदेश नं २ : दुई मन्त्रीले दिए राजीनामा
शनिबार, ०२ साउन २०७८, १८ : ०७

प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिनुभएको बताइएको छ ।
नेकपा माओवादी केन्द्र आजै सरकारमा सहभागी भएको छ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुबि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी