प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।
भाषाको विवादले डेढ घण्टा ढिलो सपथ
सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि डेढ घण्टा पछि सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका कारण ढिलो गरि सपथ ग्रहणको कार्यक्रम सुरु भएको थियो । तर कानून अभावका कारण नेपाली भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए । सपथ ग्रहणलगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि जनता समाजवादी पार्टी नेपालबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री रहेका सरोजकुमार कुशवाहाले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी