२४ घण्टामा उपत्यकामा ४२८ संक्रमित थपिए
शनिबार, ०२ साउन २०७८, १६ : ५०

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।
हाल काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।