मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ट्युनिसियामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

शनिबार, ०२ साउन २०७८, १६ : ३७
शनिबार, ०२ साउन २०७८

ट्युनिसियामा विगत २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । यहाँ, २४ पछिल्लो २४ घण्टाभित्र २ सय ५ जनाको मृत्यु भयो भने ६ हजार ७ सय ८७ जनामा संक्रमण देखियो ।  देशमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ, तर खोपको उपलब्धता निकै कम छ । आइसियु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ । अस्पतालमा ठूलो संख्यामा बिरामीहरु आएपछि स्थास्थ मन्त्रालयले गत साता चेतावनी जारी गर्दै ‘स्वास्थ प्रणाली कोल्याप्स’ भएको जनाएको थियो । ‘डुङ्गा डुब्दैछ,’ स्वास्थ्यमन्त्री नासिफ बिन अलायाले भनेका थिए । 

उनले महामारीविरुद्ध लड्नका लागि एक भएर प्रयास गर्न सम्पूर्ण जनतामा आग्रह गरेका थिए । ट्युनिसियामा खोप अभियान निकै सुस्त छ । केवल १३ प्रतिशत जनताले मात्रै खोपका दुईमध्ये एक डोज लगाउन पाएका छन् ।  जोन हप्किन्स विश्वविद्यालयका अनुसार देशको १ करोड २० लाख जनसंख्यामध्ये अहिलेसम्म कुल ५ लाख ३३ हजार २ सय ७४ जना संक्रमण देखिइसकेको छ । त्यस्तै, १७ हजार २ सय १४ जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ संगठनले ‘मध्यपूर्व क्षेत्र र अफ्रिकामा सबैभन्दा धेरै मृत्युदर ट्युनिसियामा देखिएको’ भन्दै बुधबार सचेत गराएको थियो । आगामी साता ट्युनिसियासहित धेरै देशहरुमा इद अल अदाको विदा हुँदैछ, त्यसक्रममा सामाजिक र धार्मिक भेटघाटले संक्रमण अझै बढाउनसक्ने भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।

पूर्व मेडिटेरानियन क्षेत्रमा ८ सातासम्म मृत्यु र संक्रमणका घटना ओरालो लागेपछि फेरि संक्रमणको लहर बढेको डब्ल्युएचओले जनाएको छ । लिबिया, ईरान, इराकमा पनि संक्रमण बढेको छ । लेबनान र मोरक्कोमा पनि तिव्र रुपमा संक्रमण बढ्नसक्ने चिन्ता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप