बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

शनिबार, ०२ साउन २०७८, १६ : ३३
शनिबार, ०२ साउन २०७८

ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत बग्ने समस्या देखिएपछि अस्पताल ल्याउदै गर्दा बाटोमा उनको ज्यान गएको मोलुङ गाउँपालिका ७ का वडाअध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । मृतक लामिछानेलाई स्थानीय स्वास्थ्य चौकीले गत असार २२ गतेको समय दिएको भएपनि साउन १ गते सुत्केरी बेथाले च्यापेको थियो ।

घरैमा सुत्केरी भएका उनलाई अत्याधिक रक्तश्रावपछि स्थानीय स्वास्थ्य चौकीमा बोकेर उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा उनको ज्यान गएको वडाअध्यक्ष सुनुवारले बताए । उनको यसअघि एक छोरा र एक छोरी रहेका छन् । तेस्रो सन्तानको रुपमा जन्मिएकी छोरीको अवस्था सामान्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप