शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट लागू औषधसहित २ युवक पक्राउ

शनिबार, ०२ साउन २०७८, १६ : २६
शनिबार, ०२ साउन २०७८

काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट बरामद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप