केन्द्रीय संस्करण
सावधानी जरुरी

कति छिटो बिर्सिएका कोरोना, बसन्तपुर क्षेत्रमा देखियो यस्तो भीड (फोटोफिचर)

person explore access_timeसाउन २, २०७८ chat_bubble_outline0

कोरोना महामारीका कारण स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा खुकुलो बनाउँदै प्रशासनले दैनिक जनजीवन सामान्य बनाउन खोजेको देखिन्छ । 
मानिसहरुलाई हिँडडुल गर्दा स्वास्थ्य मापदण्ड पालनाका साथै दुई मिटरको दूरी कायम गर्न भनिएको छ । भिडभाड नगर्न, निश्चित समय पसल व्यवसाय सञ्चालन गर्न तथा अनिवार्यरुपमा मास्क प्रयोग गर्न पनि भनिएको छ । 
तर शनिबार राजधानीको बसन्तपुर क्षेत्रको तस्बिर हेर्दा लाग्थ्यो–काठमाडौंमा कोरोनाभाइरसको महामारी नै छैन । 

रातोपाटीको क्यामेरामा कैद तस्बिरहरुमा कतिपयले मास्क नै नलगाएको प्रष्ट देखिन्छ भने भिडभाड उस्तै छ–न सामाजिक दुरी त पर्याप्त सावधानी नै । कोरोना महामारीको पर्बाह नगरी उनीहरु खुला स्थानमा फोटो खिचाउने देखि घुमफिर गरिरहेको देखिन्छ । 
यो त उदाहरणमात्रै  हो, पछिल्लो समय काठमाडौंमा कोरोनाको महामारीका बीच पनि भीडभाड बढेको पाइएको छ भने लापरबाही पनि उत्तिकै बढ्दो छ । बसन्तपुरको भिडभाड देखेर एक व्यक्ति भन्दै थिए, ‘कति छिटो बिर्सिएका हुन् कोरोना कहर पनि । स्वास्थ्य मापदण्ड त पालना गरिदिए हुने ।’

आज शनिबार भएकाले पनि बसन्तपुर क्षेत्रमा किनमेलका लागि पुगेकाहरुको चाप बढी रहेको एक व्यवसायीले बताए । 

उसो त पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेकोमा अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो । 

निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.