अत्यधिक वर्षाका कारण युरोपमा बाढी, मृत्यु हुनेको संख्या १५३ पुग्यो
शनिबार, ०२ साउन २०७८, १४ : १९
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।
नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा भन्दा धनी प्रधानमन्त्री छन् यस देशमा
-
असोज पहिलो साता १० औँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार
-
शराबीको ४० वर्ष : जब अमिताभको चोट स्टाइल बन्यो
-
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
-
टीओआरमा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुखलाई प्रतिपक्षको आग्रह
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै